PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

नयाँ घर बनाइसके पनि घरको तस्बिरका आधारमा भूकम्पपीडितको सर्वेक्षण गरिने



रासस

नयाँ घर बनाइसके पनि घरको तस्बिरका आधारमा भूकम्पपीडितको सर्वेक्षण गरिने

भक्तपुर : भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ।

भूकम्प प्रभावित आवास पुनःनिर्माणको लगत सङ्कलन कार्यक्रमअन्तर्गत सुरु हुने सर्वेक्षणमा सहभागी कर्मचारी दुईदिने तालिम दिएर लगत सङ्कलनमा खट्नेछन्। जिल्ला लगत सङ्कलन व्यवस्थानपन कार्यालय भक्तपुरका निर्देशक धु्रवरत्न बज्राचार्यले लगत सर्वेक्षणमा सहभागी हुने कर्मचारीलाई तालिमपछि मङ्गलबारदेखि सर्वेक्षणमा खटाइने बताए।

पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित उपत्यका बाहिरका ११ जिल्लाका भूकम्पपीडितको पुनःसर्वेक्षण कार्य सम्पन्न गरिसके पनि उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरमा भने मङ्गलबारदेखि सुरु हुने भएको हो।

लगत सङ्कलन र सर्वेक्षणका लागि तथ्याङ्क विभागका इन्जिनियर एवम् सुपरभाइजर १२१ जना, सामाजिक परिचालक १२१ र प्रति १० जना सामाजिक परिचालक बराबर एक जनाका दरले सिनियर इन्जिनियर परिचालन गरिने भएको छ। ४५ दिनसम्म सञ्चालन हुने लगत सङ्कलन तथा पुनःसर्वेक्षण कार्यमा भूकम्पपछि गरिएको लगत सङ्कलन एवम् सर्वेक्षणमा छुटेका भूकम्पपीडितलाई समेत समावेश गरिनेछ।

भूकम्पपीडितको नामावली छुटेकाले भक्तपुरका छ वटा नगरपालिकामध्ये आफ्ना सम्बन्धित नगरपालिकामा निवदेन दिनुपर्ने व्यवस्था गरेअनुसार नगरपालिकामा आएका निर्देशनका आधारमा छुटेका भूकम्पपीडितको घर सर्वेक्षण गरिने भएको हो। प्राधिकरणले यसअघि ११ वटा जिल्लाका सबै घरमा गएर पुनःसर्वेक्षण गरे पनि यसपटक भने भूकम्पपीडितको परिचयपत्र लिएका र नगरपालिकामा नाम छुटेर आवेदन आएका पीडितको मात्रै पुनःलगत सङ्कलन गरिने भएको हो।

भूकम्पपीडितमध्ये नयाँ घर बनाइसकेकाको पनि भूकम्पले भत्काएका घरको तस्बिरको आधारमा सर्वेक्षण गरिने बज्राचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell