PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

सरकारमा रहेको गच्छदारको पार्टी कसको पक्षमा ?



रासस

काठमाडौँ : मधेशी जनअधिकार फोरम,नेपाल(लोकतान्त्रिक)ले आज एक विज्ञप्ति जारी गरी वर्तमान सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग मिलेर संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरी सो प्रस्ताव पारित गरेरै वर्तमान सरकारलाई अपदस्थ गर्ने अडान राखेको र सो प्रस्तावलाई संसद्मा जसरी पनि सामना गर्ने नेकपा (एमाले)को निर्णयले देशका मुख्य राजनीतिक दल द्वन्द्व र मुठभेटमा जाने खतरा उत्पन्न भएको जनाएको छ । 

यसकार्यले संविधानमा संशोधन र यसको सफल कार्यान्वयनको बाटोलाई कठिन र अवरुद्ध तुल्याएको भन्दै पार्टीका महामन्त्री भारतेन्दुकुमार मल्लिकद्धारा जारी विज्ञप्तिमा तीन ठूला दलहरु आपसमा मिलेर सहमति र समझदारीबाट द्वन्द्वतिर उन्मुख राष्ट्रिय राजनीतिलाई निकास दिनु पर्ने कुरामा जोड दिइएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell