PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

२२ वर्षपछि समातिए आगलागी मुद्दाका अभियुक्त



रासस

२२ वर्षपछि समातिए आगलागी मुद्दाका अभियुक्त

गौशाला :  आगलागी मुद्दामा फरार रहेका एक अभियुक्तलाई महोत्तरी प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको पिपरा गाविस–४ बस्ने ६८ वर्षीय बदन मुखिया रहेका छन्। महोत्तरी अदालतको २०५० कात्तिक १७ गते छ महिना कैदको फैसला सुनाएको थियो। उनलाई पक्राउ गरी प्रहरीले आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतले उनलाई कैद भुक्तानीका लागि जलेश्वर कारागार पठाएको हो।

वर्षौंदेखि फरार मुखिया भारतमा लुकेर बस्दै आएका थिए। घर आएका बेला सुराकीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell