PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

पौने ३ बजे गएको परकम्पको केन्द्र कीर्तिपुर!



रासस

काठमाडौँ : काठमाडौँको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गोरखा भूकम्पको परकम्प गएको छ।
 
दिउँसो २ बजेर ४० मिनेट जाँदा ३.७ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
 
यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिए।
 
अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४६५ परकम्प गएको केन्द्रले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell