चितवन : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरेको द्वन्द्वपीडित तथा प्रभावितको उजुरी आह्वानमा चितवनबाट ९६२ वटा उजुरी परेका छन् । आयोगले आइतबारसम्मका लागि उजुरी दर्ता गराउने समय तोकेको थियोे।
स्थानीय शान्ति समिति चितवनमा सत्य निरुपण तथा मेलमिलाप आयोगका ८५० र बेपत्ता पारिएका परिवारको छानबिन आयोगमा ५५ वटा उजुरी परेको स्थानीय शान्ति समिति चितवनकी कार्यालय सचिव लक्ष्मी गौतमले जानकारी दिए। यो बाहेक बाँदरमुढे घटनाका पीडितले छुट्टै ५७ वटा मुद्दा दर्ता गराएका छन्।
चितवनमा सरकारबाट सूचीकृत द्वन्द्वपीडित तथा प्रभावित ६८६ जना रहेका थिए। पछिल्लो समय आयोगले उजुरी आह्वान गरेपछि वितरित फारामको ७५ प्रतिशतले मात्र उजुरी दर्ता गराएको कार्यालयकी सचिव गौतमले जानकारी दिए।
गौतमका अनुसार जिल्लामा बेपत्ता ३८ जना, मृतक ३३८ जना, अपाङ्ग तथा घाइते १६८ जना, अपहरित ९२ जना, विस्थापित ५० रहेका छन् । आयोगले असार मसान्तसम्मका लागि उजुरी सङ्कलन गर्ने भनिए पनि पछिल्लो समय एक महिनाका लागि समय थप गरेको थियो। रासस