PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​सुशीला कार्कीको आइतबार र अयोधी यादवको शुक्रबार सुनवाई हुने



रासस

​सुशीला कार्कीको आइतबार र अयोधी यादवको शुक्रबार सुनवाई हुने

काठमाडौँ : संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ। 

समितिका विहीबार बसेको बैठकले शुक्रबार बिहानको बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो। 

कावा प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुङ्गो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका थिए। 

समितिको बैठकले उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीका बारेमा सोधपुछ गर्न सम्भव नभएकाले समितिले सिधै संसदीय सुनुवाइ गर्न लागेको हो। 

कार्यवाहक प्रधानन्यायाधीश शुसिला कार्कीलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि भने २६ गते आइतबार सुनुवाई हुनेछ। त्यसअघि सोही दिन पहिलो बैठकमा उजुरीकर्ता डाक्ने निर्णय पनि समितिले गरेको छ। 

कार्की विरुद्ध नाता कायम गराउन माग गर्दै दायर मुद्दामा डिएनए परीक्षणलाई मान्यता नदिएको, राष्ट्रिय मानवअधिकार आयोगका नाममा अन्तरिम आदेश जारी नगर्दा एक कर्मचारी  सेवाबाट निष्कासन हुनुपरेको, न्यायपालिकामा राजनीतिकरण गरेको, कानुन विपरीत आफ्ना
नातेदारको मुद्दा किनारा लगाएको, फैसलामा फरक–फरक मापदण्ड अपनाएको, मुद्दाको अध्ययन नै नगरी फैसला गरेको जस्ता उजुरी छन्। त्यस्तै काठमाडौँको वसुन्धरामा करोडौँ मूल्यको घर जोडेकोजस्ता आरोप छ। रासस 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell