रत्ननगर : चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत चण्डिभञ्ज्याङको पाँच किलोमा एक घरमा ट्रक पस्दा एक बालिकाको मृत्यु भएको छ।
काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ९६९९ नम्बरको ट्रक चण्डिभञ्ज्याङ गाविस–९ को पाँच किलोमा अनियन्त्रित भई एउटा घरमा पसेको थियो।
राति करिब १० बजेर ३० मिनेटको समयमा भएको उक्त दुर्घटनामा परी स्थानीय किसान गुरुङ की ८ महिनाकी छोरी किष्मा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
गम्भीर अवस्थामा उद्धार गरिएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ। रासस