PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

फर्पिङ-हेटौडा बाटो खुल्यो



रासस

हेटौँडा : मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ पुग्ने राजमार्गको सिस्नेरी अमलडाँडमा शनिबार गएको पहिरो हटाई गए राति ११ बजेदेखि यातायात सञ्चालन भएको छ।
 
त्यस्तै फाखेल सडकखण्डको सुकौराडाँडामा शनिबार गएको पहिरो भने आव बिहान हटाई १०:३० बजेदेखि हेटौँडा–काठमाडौँ दुवैतर्फका यातायात सेवा पुनःसुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबार नै गएको पहिराबाट काठमाडौँ–हेटौँडा र हेटौँडा–काठमाडौँतर्फ आएका सुमोजिप र कार गरी ६०० वटा बीच बाटैमा अलपत्र भई बस्नुपरेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell