PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

​जिविस कम्पाउण्‍डमा बम विस्फोट गराउने युवक चार वर्षपछि पक्राउ



रासस

लहान : जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराएर चार वर्षदेखि फरार एक युवक पक्राउ परेका छन्।
 
जिल्ला प्रहरी कार्यालय सिरहाबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सिरहाको हाकपरा गाविस–६ निवासी २६ वर्षीय विलक्षण यादवलाई पक्राउ गरेको हो।
 
तत्काल जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह) मा आबद्ध भई २०६८ सालमा कुकर बम विस्फोट गराउने तथा हातहतियार खरखजाना मुद्दामा समेत संलग्न रहेकाले यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए।
 
खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell