PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

मुलखर्कको बाटो चिप्लो, चीनका सामन ल्याउनै कठिन



रासस

धुन्चे : पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको मूलखर्क क्षेत्रमा सडक व्यवस्थापन हुन नसक्दा मालबाहक कन्टेनर ओहरदोहर गराउँदा समस्या भएको छ।
 
नेपाल–चीन केरुङ व्यापारका सामग्री ल्याउने लैजाने सामग्री बोकेका कन्टेनर मूलखर्कमा चिप्लिएर मोटर उकाल्न गाह्रो परेको ट्रक कन्टेनर चालकले दुखेसो गरेका छन्।
 
नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङका अनुसार राम्चे गाविसको राम्चेभिर मूलखर्क, स्याफ्रु गाविसको सानोभार्खु खोल्छा आसपास, धुन्चे नजिकको खोपाङभिर, लिङलिङ समेतका स्थानमा कतै पहिरो आउने र कतै हिलोले मोटरका चक्का गुड्न नसक्ने भएका कारण नेपालको एकमात्र उत्तरी नाका सुचारु राखी व्यापार व्यवसायमा सहज पार्न संस्थागतरुपले सडक कार्यालय र सम्बन्धित निकायमा निरन्तर पहल भइरहेको छ।
 
यो नाकाले दैनिक रु एक करोड आय गर्ने भन्सार कार्यालयले बताएको छ।
 
मूलखर्कमा मोटर पुगेपछि पार गराउन समस्या परेपछि जिल्ला अस्पतालबाट सरुवा गरेका बिरामी सहजरुपले काठमाडौँ लान समस्या हुन थालेको एम्बुलेन्स चालक बताउँछन्।
 
रसुवागढी क्षेत्रमा बेलाबेलामा भिरमाथिबाट ढुङ्गा निरन्तर आउन थालेपछि व्यवसायीका तीन दर्जनभन्दा बढी सवारीसाधनमा क्षति भई व्यवसायीलाई ठूलो मर्का परिसकेको अध्यक्ष तामाङले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell