PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

​विद्युत् महसुल वृद्धि फिर्ता नगरे देशव्यापी आन्दोलनको चेतावनी



रासस

काठमाडौं :  नेपाल विद्युत् प्राधिकरणले गरेको महसुल वृद्धिको निर्णयको विरोध गर्दै नेकपा माओवादीले फिर्ता लिन माग गरेको छ।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको छ।
 
'नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ,' महसुल वृद्धिबारे पार्टीको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ, 'यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसका विरुद्ध कडा सङ्घर्षमा जाने विषय अवगत गराउँदछ।'
 
प्राधिकरणले हालै घाटा र सेवा शुल्क कारण देखाई आगामी साउन १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो ।
 
मूल्य वृद्धिमा निजी विद्युत् कम्पनीको स्वार्थ, विदेशी विद्युत् कम्पनीबाट महँगो मूल्यमा विद्युत् आयात गर्ने रणनीति, विद्युत खरिदमा डलरको खेती गरिएको विज्ञप्तिमा भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell