PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

झड्केली छोरीको रेटेरै हत्या, समातिए बाबु



रासस

सोलुखुम्बु : एघार महिने शिशुको निर्मम हत्या गर्ने गुदेल–९ सोलुखुम्बुका सुखधन कुलुङलाई प्रहरीले पक्राउ गरेको छ।
 
मङ्गलबार बिहान झड्केली छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेर भाग्दै गरेको अवस्थामा राईलाई प्रहरीले गुदेलकै चाचालुङ जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।
 
मङ्गलबार बिहानै हत्या गरिएकी ११ महिने शिशुको टाउको घरमै र शरीर घरभन्दा करिब सय मिटर पर भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। आरोपी राईले ३ महिनाअघि मात्र ८ महिनाको छोरी भएकी देउसाकी एक महिलासँग विवाह गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell