PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

बन्द विद्युतीय शवदाह गृह बुधबारदेखि सञ्चालनमा आउने



रासस

बन्द विद्युतीय शवदाह गृह बुधबारदेखि सञ्चालनमा आउने

काठमाडौँ : एक हप्ताअघिदेखि बिग्रेको विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने भएको छ।
 
असार १३ गते सोमबारको अविरल वर्षाले चाबहिल, गौशालाको ढल विद्युतीय शवदाह यन्त्रको पम्पमा जमेपछि यन्त्र बन्द भएको थियो। पम्पमा जमेको ढल निकाल्न आज खानेपानी तथा ढल निकास विभागबाट जेट मेसिन ल्याएर सफा गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले बताए।
 
 
'पम्प सफा गरेर सकेसम्म मङ्गलबार नसके बुधबार विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइनेछ,' उनले भने, 'यन्त्रमा समस्या छैन। अविरल वर्षासँगै आएको बाढी र ढलले पम्पमा आएको समस्या समाधानमा लागेका छौँ।'
 
२०७२ माघ १० गतेदेखि नेपालमै पहिलो शवदाह गृह सञ्चालनमा आएको थियो। यन्त्र सञ्चालनमा आएदेखि हालसम्म एक हजार ८ सय शवदाह गरिएको कोषले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell