PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

पर्खाल भत्किँदा दुई विद्यार्थीको मृत्यु भएपछि घटनाका दोषीलाई कारबाहीको माग



रासस

काठमाडौँ : शिक्षा क्षेत्रका विभिन्न २८६ गैरसरकारी सङ्घसंस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) नेपालले टौखेलस्थित पुष्पाञ्जली माविमा भएको घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेको छ।
 
संस्थाले आज विज्ञप्ति जारी गर्दै असार १७ गते ललितपुरस्थित टौखेलमा भएको उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको हो।
 
भूकम्पपछि सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी घरघडेरी प्लटिङका नाममा विद्यालय नजिकै पर्खाल बनाइनु लापरबाहीको गम्भीर नमुना भएको एनसिइका अध्यक्ष राजकुमार गन्धर्वले बताए। उनले पीडितलाई उचित क्षतिपूर्तिको माग समेत गरे।
 
उक्त घटनामा परी दुई छात्रा कृपा राई र अन्जना पुनको निधन भएको थियो । संस्थाले घटनामा परी घाइते भएका विद्यार्थीको स्वास्थ्यलाभको कामना गरेको छ।

यो पनि पढ्नुस्, यसरी भएको थियो घटना-
जग्गा प्लानिङको लापरबाहीले पर्खाल भत्किँदा दुई विद्यार्थीको मृत्यु, २० जना घाइते
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell