PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​कांग्रेस नेत्री सुजाता कोइराला भन्छिन्- 'यही सरकारले निरन्तरता पाउनुपर्छ'



रासस

​कांग्रेस नेत्री सुजाता कोइराला भन्छिन्- 'यही सरकारले निरन्तरता पाउनुपर्छ'

काठमाडौँ : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले कांग्रेसले सरकार गिराउनेमा भन्दा सङ्गठन निर्माणमा आफ्नो ध्यान लगाउनुपर्ने बताएकी छिन्।
 
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान अवस्थामा संविधान कार्यान्वयन नै मुलुकको पहिलो आवश्यकता भएकाले यसैमा जोड दिनुपर्ने भन्दै निर्वाचनका लागि पार्टी तयार हुनुपर्ने धारणा राखिन्।
 
नेपालमा कुनै सरकारलाई पनि पूरा अवधिसम्म काम गर्न नदिएका कारण अस्थिरता आएको उनको भनाइ छ। वर्तमान सरकारले नै निरन्तरता पाउनुपर्छ भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसलाई समेत साथमा लिएर मुलुकलाई निकास दिन आग्रह गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell