PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

​त्रिभुवन राजपथ खुल्दा, मदन भण्डारी राजमार्ग रोकियो



रासस

हेटौँडा : त्रिभुवन राजपथको हेटौँडा–भैसे सडकखण्डको बागझोरामा गएराति आएको बाढी र पहिरोले अवरुद्ध भएको त्रिभुवन राजपथ आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 
यसैगरी, गएराति आएको वर्षाले नै मदन भण्डारी राजमार्गको हेटौँडा–कुलेखानी खण्डको सिस्नेरीको अमलडाँडामा र थाखेल सडकखण्डको महालक्ष्मी डाँडामा गएराति पहिरो जाँदा काठमाडौँ–हेटौँडा दुवैतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ।
 
हेटौँडाबाट आज बिहानै कुलेखानी हुँदै काठमाडौँ जाने सबै खालका यातायात त्रिभुवन राजपथबाटै काठमाडौँतर्फ गएको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले बताए।
 
मौसममा सुधार भएमा आज अपराह्नसम्म थाखेल र सिस्नेरीको यातायात सेवा पहिरो हटाई आज दिउँसो सञ्चालन गर्ने लक्ष्य रहेको मकवानपुरका प्रजिअ डा मानबहादुर विश्वकर्माले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell