PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

​खाल्डामा भेटियो वृद्धको शव



रासस

विराटनगर : मोरङको खहरे खोलाको खाल्डामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
 
थला–२, हुरहुरिया बस्ने ६० वर्षीय सूर्य झागड मृत फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
 
घरबाट हिँडेका उनी लामो समयसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा नजिकै रहेको खोलाको खाल्डामा उनी भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell