
बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिनपिङ विदेश भ्रमणका लागि शुक्रबार प्रस्थान गरेका छन्।
उनी सर्विया, पोल्याण्ड र उज्बेकिस्तानको भ्रमणका लागि शुक्रबार त्यसतर्फ लागेका हुन्। तास्कन्दमा हुने साङ्घाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलनमा उनी सहभागी हुनेछन्। सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखको सहभागिता रहने छ ।
राष्ट्रपति सिलाई सर्वियाका राष्ट्रपति तुमिस्लाभ निकोलिक, पोलिस राष्ट्रपति अन्द्रादेज दुदा र उज्बेकिस्तानका राष्ट्रपति इस्लाम करिमोभले आमन्त्रण गरेका हुन्। रासस