PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

चट्याङ लागेर दुई जनाको मृत्यु



रासस

हेटौँडा :  हेटौँडा उपमहानगरपालिका- २७ मा हुरी बताससँगै परेको चट्याङले दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
 
मृत्यु हुनेमा सोही वडा बस्ने ४६ वर्षीया तारा रुम्बा र २५ वर्षीय कुमार बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 
शनिबार साँझको चट्याङमा परी स्थानीय पाँच जना सामान्य घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 
मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell