PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

५ सय २९ अभियुक्त, कैद- एक हजार वर्ष



रासस

इलाम :  जिल्ला अदालतबाट विभिन्न समयमा दोषी ठहर्‍याइएका ५ सय २९ अभियुक्त अझै पनि फरार सूचीमा छन्।

अदालतले फरार अभियुक्तबाट रु १ करोड ४३ लाख ५८ हजार ५ सय जरिवाना र १ हजार ८४६ वर्ष कैद सजाय असुल गर्न बाँकी रहेको जनाएको छ। अदालतको तथ्यांकअनुसार विसं २००१ देखि २०१० सम्म ३, विसं २०११ देखि २०२० सम्मका २४, २०२१ देखि २०३० सम्मका १८, २०३१ देखि २०४० सम्मका २०, २०४१ देखि २०५० सम्मका २०, २०५१ देखि २०६० सम्मका ७३ र विसं २०६१ देखि २०७० सम्मका १४० मुद्दाका अभियुक्त अझै फरार छन्।
 
फरार अभियुक्तबाट रू १ करोड ४३ लाख ५८ हजार जरिवाना उठ्न बाँकी रहेको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो। फरार अभियुक्तका मुद्दा मुल्तबीमा बस्ने र दुई वर्षपछि फैसला हुने भएकाले फरार सूचीमा रहेका दोषीको संख्या र उनीहरूले भुक्तान गर्ने कैद तथा जरिवाना बढ्दै गएको स्रेस्तेदार भट्टराईको भनाइ छ।
 
अदालतले विसं २०४० सम्मका मुद्दाको लगतकट्टा गर्ने तयारी गरेको छ। जिल्ला न्यायाधीश संयोजक रहेको समितिले लगत कट्टाको प्रक्रिया अघि बढाउने भट्टराईले बताए।
 
यसैबीच अदालतमा चालु आव २०७२/०७३ को हालसम्ममा ५सय ८७ मुद्दा दर्ता भएकामा ३ सय ६९ मुद्दाको किनारा लागिसकेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell