PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

​सासू-बुहारीको झगडापछि सासूको मृत्यु



रासस

लहान : सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडा हुँदा सासूको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्री देवी दनुवार रहेको प्रहरीले जनाएको छ।
 
स्थानीय ४० वर्षीया राजुदेवी दनुवार र उनकी ६५ वर्षीया सासू समुन्द्रीदेवीबीच घरायसी विषयमा झगडा भएको थियो। त्यसपपछि नै उनको मृत्यु भएको स्थानीयवासीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताए।
 
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell