PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

हप्तादिन कुर्नु नपर्ने, ​अब तीन दिनमै पाइनेछ राहदानी



रासस

हप्तादिन कुर्नु नपर्ने, ​अब तीन दिनमै पाइनेछ राहदानी

काठमाडौँ : राहदानी विभागले १० हजार रुपैयाँ तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै प्रदान गर्ने भएको छ।
 
घन्टौँ लाममा बसेर एक हप्तामा राहदानी लिने व्यवस्था भए पनि असार १५ गतेदेखि तीन दिनभित्रै राहदानी पाउने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए।
 
‘अहिलेसम्म रु १० हजार तिरेर एक हप्तामा पाउने राहदानी अब सोही शुल्कमा नै तीन दिनमा वितरण गर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने।
 
हिजो बसेको मन्त्रीपरिषद्को बैठकले राहदानी लिने समय शुल्कबारे निर्णय गरेको थियो ।
 
सो बैठकले आकस्मिक रुपमा लिन परेको खण्डमा १५ हजार, दुई दिनमा लिनुपरे १२ हजार र तीन दिनमा लिएमा रु १० हजार लाग्ने निर्णय गरेको थियो। १० वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कमा आधा रकम छुट दिइएको छ।
 
महानिर्देशक थापाले राहदानी नभएका कारण टिकट रद्द गर्नुपर्ने अवस्था आउन नदिन यो प्रक्रियाले सहयोग पुग्ने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell