PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​६५ जना महिला र बालबालिका सम्पर्कविहीन



रासस

पाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरले चालु आर्थिक वर्षमा ६५ जना महिला तथा बालबालिका सम्पर्कविहीन भएको जनाएको छ।
 
तीमध्ये २९ महिला, चार बालिका र एक बालक गरी ३४ जना फेला परेको प्रहरीको तथ्याङ्कमा छ। बाँकी ३० जना अझै सम्पर्कमा आउन सकेका छैनन्।
 
विवाहपछि श्रीमान रोजगारीका लागि विदेसिनु, शिक्षामा कमी, बालबालिकाले आफन्तको संरक्षण नपाउनुजस्ता कारणले उनीहरु सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।

कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका २७ वटा घरेलु हिंसामा मुद्दा दर्ता भएका छन्। यो तथ्याङ्क गत आर्थिक वर्षको भन्दा २१ वटाले कमी हो। यीमध्ये ४१ वटा मुद्दामा मिलापत्र भएको छ।
 
सात मुद्दामा भने उजुरी दिने व्यक्ति नै सम्पर्कमा नआएको प्रहरी कार्यालयले जनाएको छ। समाजमा हुने विभिन्न हिंसा र घटना कम गर्न कार्यालयले घरदैलो कार्यक्रमलाई जारी राखेकाले घरेलु हिंसामा न्युनीकरण आएको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell