PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

१८ किलो चरेससहित तीन युवक पक्राउ, भारतीय र नेपाली रुपैयाँसमेत बरामद



रासस

इलाम : इलामको पशुपतिनगर–४ फाटकबाट प्रहरीले १८ किलो चरेससहित तीन जना युवकलाई आज बिहान पक्राउ गरेको छ।
 
डब्लुबी ७६-७४६६ नम्बरका भारतीय टाटासुमो गाडीबाट १८ किलो लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए।
 
पक्राउ पर्नेमा धादिङ सेर्तुङ–२ का ३५ वर्षीय बुद्धिलाल तामाङ, रूपन्देही गजेडी–७ का होमबहादुर पुन र टाटा सुमो चालक भारत दार्जिलिङस्थित सुकिया पोखरीका मिलन भनिने टासी शेर्पा छन्।

उनीहरूबाट प्रहरीले भारतीय एक हजार दरका २० थान, पाँच सय दरका ५३ थान र नेपाली एक हजारको ७० थान नोटसमेत बरामद गरेको छ। पक्राउ गरिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell