PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

परिवारले छानेको केटासँग बिहे गर्न नमान्ने छोरीलाई आमाले आगो लगाइन्



रासस

परिवारले छानेको केटासँग बिहे गर्न नमान्ने छोरीलाई आमाले आगो लगाइन्

लाहोर : पाकिस्तानमा एक महिलाले आफ्नै छोरीको शरीरमा मट्टितेल छर्किएर हत्या गरेकी छन्। 

प्रहरीका अनुसार मृतक १८ वर्षीया जिनत रफिलकलाई उनकी आमा प्रवीन रफिकले रिसको आवेगमा आफ्नै घरमा खाटको खुट्टामा बाँधी मट्टितेल छर्केर आगो लगाएको स्वीकारेकी छन्। 

जिनतले आफ्नो प्रेमी भएका कारण परिवारले छानेको केटासँग विवाह गर्न अस्वीकार गरेपछि पाकिस्तानको पूर्वी सहर लाहोरमा उक्त घटना भएको प्रहरी अधिकृत शेख अहम्मदले बताए। 

पाकिस्तानमा परम्परागत मूल्य मान्यता विपरित प्रेम गर्ने अनि विवाह गर्ने गरेका परिघटनालाई लिएर प्रत्येक वर्ष एक हजार पाकिस्तानी महिलाले अनाहकमा ज्यान गुमाउने गरेका छन् । 

सन् २०१५ मा एक किशोरी शिक्षिकालाई उनीभन्दा दोब्बर उमेरका बधुसँग विहे गर्न दबाब दिँदा शिक्षिका म्यारिया विविले अस्वीकार गरेपछि निर्मम रुपमा कुटपिट गरी आगो लगाएर जलाएका थिए । विविले यस घटनाको प्रहरीमा उजुरी दिन सफल भए पनि पछि आगोले जलेको निको हुन नसक्दा ज्यान गुमाउनु परेको थियो । 

यस घटनाले पाकिस्तानी अधिकारकर्मीको ध्यानाकर्षण गरेको थियो र उनीहरूले सरकारलाई विविध दबावमुलक कार्यक्रमको आयोजना गरी घटना नियन्त्रणका लागी पहल गर्न आग्रह गरेका थिए । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell