PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

डोजर पल्टिँदा चालकको मृत्यु, सहचालक घाइते



रासस

गौँडा (लमजुङ) : पूर्वी लमजुङको गौंडा–५ बूढीकोटमा डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ।
 
गौँडा–दूधपोखरी सडकखण्ड निर्माणको क्रममा बिहान १० बजे डोजर पल्टिँदा चालक इलाम प्याङ–५ का ३४ वर्षीय सर्वेन्द्र थेवेको मृत्यु भएको हो।
 
दुर्घटनामा डोजरका सहचालक सकुन लिम्बु थेबे घाइते भएका छन्। उनलाई उपचारका लागि बेँसीसहर लगिएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिए।
 
सडक निर्माणको क्रममा डोजर सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell