PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

​माछा मार्न गएकी ५ वर्षकी बालिका बेपत्ता, आठको उद्धार



रासस

डडेल्धुरा : खोलामा माछा मार्न गएका बेला आएको बाढीले बगाउँदा शनिबार एक बालिका बेपत्ता भएकी छिन् भने आठ जनाको स्थानीयवासीले उद्धार गरेका छन्। 

डडेल्धुरा मष्टमाडौं–६ वसन्तपुर बस्ने खडक भुलकी करिब पाँच वर्षीया छोरी करिश्मालाई माछा मार्ने बेला एक्कासि सकायल खोलामा आएको बाढीले बगाउँदा बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सकायल खोलामा माछा मार्न गएका नौमध्ये आठ जनालाई स्थानीयवासीले उद्धार गरेको तर उनलाई उद्धार गर्न नसकेको स्थानीयवासी भीमबहादुर विष्टले बताए। आज पनि उनको खोजी भइरहेको सकायल प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell