PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

साझाका ३० बस भदौमा आइपुग्ने, ८० सिट क्षमताको बस हेर्न टोली मुम्बईतर्फ



रासस

काठमाडौँ : साझा यातायातले काठमाडौँ महानगरपालिकाको रु १० करोड सेयर लगानीमा ल्याउन लागेको ३० वटा बस आगामी भदौको तेस्रो साता काठमाडौँ आइपुग्ने भएको छ । 

साझा यातायात र भारतीय बस निर्माता कम्पनी अशोक लेल्यान्डबीच गत चैतमा भएको सम्झौताअनुसार कम्पनीले आगामी भदौको तेस्रो साता ती बस साझालाई बुझाउनुपर्ने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए। 

अब आउने बस ८० सीट क्षमताको हुने र सबै बस अपाङ्गमैत्री हुने पनि साझा यातायातले जनाएको छ। त्यस्तै बसमा स्वचालित ढोका, सिसिटिभी क्यामेरा, टेलिभिजनलगायत सुविधा हुनेछ । तीसवटा बस थपिएसँगै साझासँग ४६ वटा बस हुनेछ। 

यसैबीच भारतको मुम्बइस्थित लेअशोक ल्याण्डको कारखानामा बन्दै गरेको बसको विभिन्न भागको अवलोकनका लागि एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell