PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

​क्रिकेट खेलाडी सङ्घको अध्यक्षमा पूर्व कप्तान अग्रवाल चयन



रासस

​क्रिकेट खेलाडी सङ्घको अध्यक्षमा पूर्व कप्तान अग्रवाल चयन

क्रिकेट खेलाडी सङ्घ नेपालको अध्यक्षमा पवनकुमार अग्रवाल चयन भएका छन्। 

कीर्तिपुरस्थित सङ्घको कार्यालयमा आज सम्पन्न प्रथम वार्षिक साधारणसभामा राष्ट्रिय टोलीका पूर्व कप्तान अग्रवाललाई अध्यक्षमा सर्वसहमतिले चयन गरेको हो। 

अघिल्लो वर्ष स्थापना भएको संस्थाको पहिलो कार्यसमितिका सबै ११ पदाधिकारी दुईवर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा अर्का पूर्व कप्तान विनोदकुमार दास र सीता रानामगर, महासचिवमा वर्तमान कप्तान पारस खड्का चयन भएका छन्। 

त्यस्तै सचिवमा अनिलकुमार मण्डल, कोषध्यक्षमा पृथु बाँस्कोटा तथा सदस्यमा राजु बस्नेत, शक्तिप्रसाद गौचन, ज्ञानेन्द्र मल्ल, निरा राजोपाध्याय र विनोद भण्डारी छन्। 

​फोटो साभार : रमन शिवाकोटीको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell