PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

​बेपत्ता किरियापुत्री भेटिए मृत



रासस

रत्ननगर (चितवन) :  चिवतनको भरतपुरस्थित शिवघाट नजिकै नारायणी नदीमा नुहाउन गएका किरियापुत्रीको नदीमा डुबेर मृत्यु भएको छ।
 
नारायणी नदीमा नुहाउन गएका भरतपुर १६ मंगलपुरका ६५ वर्षीय अम्बिका दराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
 
जेठ २० गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको शव शुक्रबार भेटिएको हो। घटनास्थलबाट करिब सय मिटर तल काभ्रेघाट भन्ने स्थानमा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell