PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​एक महिनाअघि हराएका विद्यार्थी अझै भेटिएनन्



रासस

चितवन : पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ७ खोलेसिमल बजारस्थित सिद्धिविनायक आवासीय माविमा अध्ययनरत तीन विद्यार्थी एक महिनादेखि हराइरहेका छन्। 

गत वैशाख १७ गते आआफ्ना घरबाट विद्यालय हिँडेका उनीहरु एक महिना बितिसक्दा समेत फेला पर्न सकेका छैनन्। विद्यालय जान भनी हिँडे पनि उक्त दिन उनीहरु विद्यालय गएका थिएनन्।

कालिका नगरपालिका वडा नं ६, खोलेसिमलका १३ वर्षीय अश्विन धमला, सोही वडा नयाँ टोलका १२ वर्षीय थोमस लामिछाने र वडा नं ८ लङ्का लाइनका १४ वर्षीय राज गुरुङ एकै कक्षाका विद्यार्थी हुन्। उनीहरु सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए। 

बिहान खाना खाई साइकल लिएर विद्यालय हिँडेका गुरुङको साइकल विद्यालयको ढोका बाहिर छाडेको अवस्थामा पाइएको राजका बुबा लेखबहादुरले बताए। दुई छोरामध्ये जेठा छोरा राज बेपत्ता भएपछि सोही कक्षामा पढ्ने भाइ रजत पनि मानसिक पिरलोमा परेका छन्।

मध्यम परिवारका ती विद्यार्थी बेपत्ता भएको एक महिना बित्दा समेत प्रहरी प्रशासनले चासो दिएर खोजतलास नगरेका भनी आफन्तले गुनासो गरेका छन्। 

विद्यालयका आफ्ना विद्यार्थी बेपत्ता भएपछि शिक्षक परिवार पनि चिन्तामा परेको विद्यालयका सहायक प्राचार्य नवराज बन्जाराले बताए। प्रहरीले खोजी जारी राखेको बताएपनि फेला पर्न सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell