PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

खुकुरी प्रहारबाट श्रीमानको हत्या, श्रीमती घाइते, अभियुक्त फरार



रासस

दोलखा : दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्कका ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ। उनको गर्दनमा प्रहार गरिएको बताइएको छ। 
 
मंगलबार बिहान भएको घटनापछि खुकुरी प्रहार गर्ने अमरबहादुर तामाङ लामा फरार रहेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट दाहालकी श्रीमती सीता गम्भीर घाइते भएकी छिन्।
 
घटनाको कारण भने आउन बाँकी रहेको र अनुसन्धान भइरहेको दोलखा प्रहरीको जनाएको छ। घाइते श्रीमतीको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell