PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

​बजारको मलमूत्र कारागारभित्र, महामारी फैलने डरले कैदीबन्दी चिन्तामा



रासस

गौशाला :   महोत्तरीको जलेश्वर कारागारमा रोगको महामारी फैलने डरले कैदीबन्दी चिन्तामा परेका छन्।

महोत्तरी र धनुषा तथा केही दिनदेखि सर्लाही जिल्ला समेतको संयुक्त कारागार रहेको जलेश्वर कारागारमा ढल निकासको व्यवस्था नहुँदा प्रदूषण बढेको छ। एक सय ५५ वर्ष पुरानो राणाकालीन जीर्ण सो कागारमा ढल निकासको उचित व्यवस्था नहुँदा रोगको संक्रमण बढेर महामारी फैलनै डर रहेको जेलर शोभेन्द्र ठाकुरले बताए।
 
चार सय दुई जना कैदीबन्दी रहेको सो कारागारका शौचालय, पिसाब घर तथा धाराबाट निकास हुने फोहर पानीको व्यवस्थापन हुन सकेको छैन।
 
जलेश्वरको सबैभन्दा गहिरो ठाउँमा रहेको यस कारागारको चारैतिरबाट बजारको मलमूत्र र फोहोरमैला पनि कारागारभित्रै पस्ने गर्छ। जलेश्वर नगरपालिकालाई पटक–पटक अनुरोध गर्दा पनि व्यवस्थापनमा चासो नदेखाएपछि भित्री र बाहिरी दुवै फोहरमैलाले महामारीको खतरा बढेको जेलर ठाकुरको भनाइ छ।
 
बर्सेनि बर्खायाममा कारागारका कैदीबन्दीले फोहरपानीमै उभिएर खाना पकाउनु,  खानु,  नुहाउनु, सोही पानी भएर शौचालय जानु र कतिले पानीमै खाट राखेर सुत्नुपर्ने बाध्यता छ।

जलेश्वर कारागारको समस्याबारे पटक–पटक कारागार व्यवस्थापन विभागलगायत सम्बन्धित सबै निकायमा लिखित र मौखिक अनुरोध गरे पनि अहिलेसम्म कुनै व्यवस्था नभएको जेलर ठाकुर गुनासो गर्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell