PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

सिफारिश भएका ११ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट दर्ता



रासस

काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीशका लागि सिफारिस भएका ११ जना न्यायाधीशविरुद्ध पेस भएको रिट निवेदन इजलासको आदेशबमोजिम आज सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छ । 

अधिवक्ता पूर्णचन्द्र पौडेलद्वारा पेस भएको रिट निवेदन सर्वोच्च अदालतमा न्यायाधीश बैधनाथ उपाध्यायको इजलासले दर्ता गर्न बिहीबार प्रशासनलाई आदेश दिएको थियो । सोहीबमोजिम आज सो रिट निवेदन दर्ता भएको हो ।

यसको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । करिब तीन महिना अगाडि न्याय परिषद्ले पुनरावेदनका मुख्य न्यायाधीश सात र वरिष्ठ अधिवक्ता चार गरी ११ जनालाई सर्वोच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरेको थियो । 

सो सिफारिस गैरसंवैधानिक भएको दाबी गर्दै अधिवक्ता पौडेलले परिषद्को निर्णय कार्यान्वयन नगराउन आदेशको माग गर्दै रिट निवेदन पेस गरेका थिए। 

सर्वोच्च अदालतका रजिस्टार श्रीकान्त पौडेलले सो रिट निवेदन दरपीठ गरेपछि अधिवक्ता पौडेलले दरपीठविरुद्ध इजलासमा निवेदन दिएका थिए। सो निवेदनको सुनुवाइ गरेपछि न्यायाधीश उपाध्यायले त्यसलाई दर्ता गर्न आदेश दिएका थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell