PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

बाढीले बगाएको एक हप्तापछि काजकिरिया



रासस

डडेल्धुरा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी एक महिलाको शव नभेटिएपछि प्रहरी मुचुल्काका आधारमा परिवारले काजकिरिया गरेका छन्।
 
पानीघट्टमा अन्न पिसाएर घर फर्कने क्रममा बाढीले बगाउँदा रुपाल गाविस–८ पनिउटकी ३६ वर्षीया डम्मरु भट्ट बेपत्ता भएकी थिइन्।
 
अविरल वर्षासँगै आएको बाढीले जेठ १२ गते बेलुका उनलाई बगाएको थियो। साडी र रुमाल बगेको ठाउँबाट करिब दुई किलोमिटर तल भेटिए पनि उनी फेला पर्न सकेकी थिइनन्। प्रत्यक्षदर्शीको आधारमा प्रहरीले मुचुल्का बनाएपछि काजकिरिया सुरु गरिएको भट्टका आफन्तको भनाइ छ।
 
महाकाली नदीसम्म खोजी गर्दासमेत उनको शव नभेटिएकाले काशको प्रतिमा बनाई परिवारले काजकिरिया गरिरहेका छिमेकी मणिकराज भट्टले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell