PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

दोलखा पुगेर प्रचण्डले भने, ‘अब छिट्टै राष्ट्रिय सहमतिको सरकार’



रासस

दोलखा पुगेर प्रचण्डले भने, ‘अब छिट्टै राष्ट्रिय सहमतिको सरकार’

दोलखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै कांग्रेस, एमाले र मधेसीसहितको राष्ट्रिय एकताको सरकार गठन हुने बताएका छन्।
 
दोलखा सदरमुकाम चरिकोटमा माओवादी केन्द्र दोलखाको चौथो सम्मेलन उद्घाटन गर्दै उनले भने, ‘कांग्रेसले जेसुकै गरोस् भनेर हुँदैन, ऊ यो देशको ठूलो र एक तिहाइ जनमत भएको शक्ति हो।’
 
अध्यक्ष दाहालले राष्ट्रिय एकताको आवश्यकता भएको बताउँदै देशका सबै समस्या राष्ट्रिय एकताबाट हल गर्नुपर्ने धारणा राखे।
 
कार्यक्रममा केन्द्रका नेता लीलामणि पोखरेल र मातृका यादव लगायतले पार्टीलाई विस्तार गरेर पहिलो पार्टी बनाउने दाबी गरे। राष्ट्रिय सहमतिको सरकार बनेपछि आफूहरुले भूकम्पपीडित जनताका लागि अनुदान वृद्धि गर्न पहल गर्ने प्रचण्डले प्रतिबद्धता व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell