PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

​बाटो काट्दा ट्याक्टरको ठक्करले बालकको मृत्यु



रासस

राजविराज : सप्तरीको मधुपट्टि गाविस–४ मा ट्याक्टरको ठक्करबाट सोमबार साँझ एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सोही गाविसका शिवनारायण चौधरीका ११ वर्षीय छोरा रमितकुमार चौधरी रहेको प्रहरीले जनाएको छ। 

उनलाई बाटो काट्ने क्रममा स १ ट ३२१० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। 

ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell