PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

दोलखामा अमेरिकी सेनाको टोली, पुनर्निर्माणमा ३९ जना खटिने



रासस

दोलखा : सुन्द्रावतीस्थित भूकम्पले भत्काएको विद्यालय निर्माणमा लागि अमेरिकी सेनाको टोली दोलखा आइपुगेको छ।
 
लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आउने ३९ अमेरिकी सेनामध्ये सोमबार १३ जना आइपुगेका छन्। बाँकी दुईपटक गरेर आउनेछन्। उनीहरुले यहाँ १७ देखि ३२ गतेसम्म काम गर्ने बताइएको छ।
 
टोलीले भूकम्पबाट क्षति पुगेको सुन्द्रावतीस्थित कालिका उच्च माविको भग्नावशेष हटाएर विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको रणभीम गण चरिकोटले जनाएको छ।
 
गणले नै उनीहरुलाई सहयोग गर्ने बताइएको छ। सेनाले स्थानीयवासीलाई आफ्नो देशको सांस्कृतिक कार्यक्रमसमेत देखाउनेछन्।
 
पटकपटक गरी ती सेनाले तीन चरणमा काम गर्ने उल्लेख गरेको छ। आज आएको सेनाको टोली सो विद्यालयमै बस्ने रणभीम गणले जानकारी दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell