PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

​भेडाको बगालसँगै भालुको बच्चा भेटियो



रासस

जुम्ला : लोपोन्मुख अवस्थामा रहेको हिमाली भालुको बच्चा जुम्लाको पाण्डुगुफा गाविसमा भेटिएको छ। 

पाण्डव गुफास्थित रानीचौरको तिलाचौर वनमा स्थानीय पूर्णबहादुर कार्कीले मङ्गलबार भालुको बच्चा भेटाएका हुन्।

सिंजाबाट भालुको बच्चा भेटिएको खबर आएपछि जिल्ला वन कार्यालयबाट कर्मचारीहरु उक्त स्थानमा गएर प्रहरी मुचुल्कासहित जिल्लामा ल्याइएको जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए।

भेडी गोठाला कार्कीको भेडाको बगालमा दुईवटा बच्चासहित भालु भेटिएपनि साढे एक वर्षको पोथी बच्चा छोपेर जिल्ला वन कार्यालयमा सुरक्षित राखिएको उनले बताए।

भालुको बच्चालाई पशु सेवा कार्यालयमा स्वास्थ्य परीक्षण गराउँदा त्यसको अवस्था सामान्य देखिएको वन कार्यालयले जनाएको छ। 

वन विभागसँगको साझेदारीमा अबको केही दिनमा भालुको बच्चा काठमाडौँको चिडियाखानामा लैजाने व्यवस्था मिलाइएको वन अधिकृत श्रेष्ठले जनाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell