PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

रहेनन् पत्रकार अधिकारी



रासस

ताप्लेजुङ : ताप्लेजुङका पहिलो पत्रकार गोपीकृष्ण अधिकारीको निधन भएको छ।

बिरामी भएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना भएका अधिकारीको उपचारकै क्रममा शनिबार राति निधन भएको उनका छोरा सुशीलले जानकारी दिए। अधिकारीले राष्ट्रिय समाचार समितिको संवाददाता भई काम गरेका थिए।
 
जिल्लामै पहिलोपटक ‘ताप्लेजुङ साप्ताहिक’ उनकै अगुवाइमा प्रकाशन भएको थियो। ७३ वर्षीय अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell