PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

अज्ञात समूहद्वारा दुई एक्स्काभेटरमा आगजनी



रासस

तनहुँ : घाँसीकुवा–६ रामथुम्कीस्थित चुनखानी निकाल्न प्रयोग गरिएको दुई एक्स्काभेटरमा गएराति अज्ञात समूहले आगजनी गरेका छन्।
 
आगजनीबाट दुवै एक्स्काभेटर जलेर पूर्णरुपमा क्षति भएको सोमबार बिहान घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका असइ सुरेश सुवेदीले जानकारी दिए।
 
आगजनीबाट एक्स्काभेटरमा रहेका फलामका सामानबाहेक अन्य प्लास्टिकका सामान सबै जलेका छन्।
 
घटनास्थल सदरमुकाम दमौलीबाट करिब १३ किलोमिटर पूर्व रहेको भए पनि एकान्त वन र मानव बस्ती पातलो भएकाले समयमै प्रहरीमा खबर नगरिदिँदा बढी क्षति भएको बताइएको छ।

उक्त एक्साभेटर पर्साका ललित सरोभोगीको रहेको प्रहरीले जनाएको छ।  घटनामा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell