
काठमाडौं: काठमाडौँ उपत्यकामा एक महिनामा ५८२ ट्याक्सी कारबाहीमा परेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेको ५८ रहेका छन्।
महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौँ क्षेत्रमा धेरै ट्याक्सी प्रयोग हुने गरेकामा धेरै ट्याक्सी मिटरमा जान नमान्ने गरेको बताए। उनले भने, “अस्पताल, विमानस्थललगायत अत्यावश्यक स्थानमा धेरै भाडा असुल्ने गरेको पाइएको छ त्यस्ता स्थानमा विशेष निगरानी राख्छौँ।”
पछिल्लो समय ट्राफिकले ट्राफिक नियम उल्लङ्घन गर्ने र बढी भाडा असुल गर्ने सवारी साधनलाई विशेष निगरानी बढाउँदै आएको छ।
(*यसअघि असावधानीवश 'जरिबाना शुल्क बढाएको विरोधमा बन्द गरेको भोलिपल्टै ६ सय ट्याक्सी कारबाहीमा' शीर्षक गलत चयन भएकोले सच्याएका छौँ)