PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आर्थिक क्रान्तिको अगुवाइ एमालेले गर्छ : नेपाल



रासस

आर्थिक क्रान्तिको अगुवाइ एमालेले गर्छ : नेपाल

पोखरा : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको बताएका छन्।
 
प्रेस चौतारी नेपालले पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयन, राष्ट्रिय आवश्यकता र चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिका लागि एमाले तयार रहेको बताए। संक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नभएको उनको भनाइ छ।
 
सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको भन्दै उनले यसले नेपाली जनतामा आशा जगाएको बताए। कृषि, ऊर्जा र औषधोपचारलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै नेता नेपालले समग्र विकासका लागि एकद्वार नीतिलाई अवलम्बन गरी अघि बढ्नुपर्नेमा जोड दिए।
 
सांसद विकास कोषका लागि विनियोजित रकम भने आवश्यक नभएको उनको तर्क छ। ‘सरकारलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार गरिनुपर्छ,’ उनले भने, ‘त्यसमा कसैले बदमासी गर्छ भने कारबाहीको दायरामा नल्याई हुँदैन।’
 
राजनीतिक क्रान्तिको अगुवाइ एमालेले नै गरेको भन्दै नेता नेपालले आर्थिक क्रान्तिको अगुवाइ पनि आफ्नै पार्टीले गर्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell