PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

१० महिनामा ५० दुर्घटना, २९ जनाको मृत्युु



रासस

पोखरा : कास्कीमा १० महिनाको अवधिमा भएका ५० दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गएको साउन १ देखि २०७३ वैशाख २१ गतेसम्म भएका दुर्घटनामा २२ पुरुष, ४ महिला र ३ बालकको मृत्यु भएको छ ।

सो अवधिमा ३४ जना गम्भीर र २० जना साधारण घाइते भएका थिए। यस्तै सो अवधिमा ७७ वटा सवारीसाधन दुर्घटनामा परेको ट्राफिक कार्यालयका प्रमुख विश्व अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell