PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

३६ हजार घरधनीसँग घर बनाउन अनुदान सम्झौता



रासस

काठमाडौं : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट घर क्षति भई अनुदान पाउने १० जिल्लाका ३६ हजार २८७ घरधनीसँग सम्झौता गरेको छ। 
प्राधिकरणका अनुसार ओखलढुङ्गामा १० हजार ७३३, रामेछापमा १३ हजार ७९, गोरखामा दुई हजार ३००, धादिङमा ५९९, नुवाकोटमा २८०, रसुवामा २०८, सिन्धुपाल्चोकमा एक हजार ९२७, काभ्रेपलाञ्चोकमा ९००, दोलखामा पाँच हजार १६१ र सिन्धुलीमा एक हजार १०० घरधनीसँग अनुदान सम्झौता गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।

“सम्झौता भएका अनुदान पाउने घरधनीलाई बंैकसँग कारोबारको सम्झौता हुने वित्तिकै पहिलो किस्ताको ५० हजार रुपैयाँ दिइनेछ, यो रकम हाल दोलखा र गोरखा जिल्लाका एक हजार भन्दा बढी घरधनीलाई प्रदान गरिएको छ,” उनले भने। लगत सङ्कलन सम्पन्न भए पनि मकवानपुरमा अनुदान सम्झौता सुरु नभएको प्राधिकरणले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell