PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​सशस्त्रको गणमा बम पड्किँयो, हवल्दार सहित ८ घाइते



रासस

तनहुँ : भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। 

तालिमका क्रममा अकस्मात् ग्रिनेड बम पड्किँदा एक सशस्त्र प्रहरी हबल्दारसहित सातजना घाइते भएका हुन्। सशस्त्र प्रहरी हबल्दार दीपेशकुमार चौधरी र सशस्त्र सहायक हबल्दार प्रेमबहादुर थापाको अवस्था गम्भीर रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

विस्फोटमा परी सशस्त्र प्रहरी हबल्दार चौधरीको दुवै हातको पञ्जा गुमेको बताइएको छ। सशस्त्र सहायक हबल्दारहरु शोभाखर रिजाल, प्रेमसिं बोहरा, दीपक खड्का, होम राना, वीरेन्द्र चन्द र प्रेम घर्तिमगर घाइते भएका हुन्। 

घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell