PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

सगरमाथा आरोहण क्रममा एक भारतीयको मृत्यु, तीन नेपालीसहित पाँच आरोही सम्पर्कविहीन



रासस

काठमाडौं : सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ। केही आरोही सम्पर्कविहीन छन्। भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले जनाएको छ।
 
सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी छ जना आरोही सम्पर्कविहीन भएका थिए। तीमध्ये भारतीय महिला सुनिता हजारा क्याम्प तीनबाट सम्पर्कमा आएको र उनलाई उद्धार गरी क्याम्प दुईमा ल्याउने प्रयास भइरहेको विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले जानकारी दिए।
 
भारतीय नागरिक परेशचन्द्र नाथ, गौतम घोस भने अझै सम्पर्कविहीन छन्। तीन नेपालीको भने परिचय खुल्न सकेको छैन।
 
उद्धारका लागि तालिम प्राप्त शेर्पासहित हेलिकोप्टर परिचालन गरिएको छ। सगरमाथा आरोहणका क्रममा अन्य आरोही पनि घाइते भएका छन्।
 
आज पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने र मंगलबारबाट सम्भवतः सगरमाथा आरोहण सकिने महानिर्देशक ढकालले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell