PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

पर्खाल भत्किँदा भारतीय कामदारको मृत्यु



रासस

लहान : सिरहाको लहानमा आज अपराह्न निर्माणाधीन घरको पर्खाल भत्किँदा एक कामदारको मृत्यु भएको छ। 

लहान नगरपालिका–७ स्थित बनु पासवानको निर्माणाधीन घरको पर्खाल भत्किएर किच्दा सोही घर निर्माणमा खटिएका कामदार भारत जयनगरका ५० वर्षीय वसन्त पासवानको मृत्यु भएको हो।

पर्खालले किचिएर गम्भीर घाइते भएका पासवानलाई उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell