PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

‘उखान टुक्काले चुलो बलेन’ भन्दै बालुवाटारअगाडि रित्तो सिलिन्डर प्रदर्शन



रासस

काठमाडौँ : सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सघ काठमाडौँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि विरोध प्रदर्शन गरेको छ।
 
‘उखान टुक्काले चुलो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’ लगायतका नारा लगाउँदै उनीहरुले एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रदर्शन गरेका थिए।
 
कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेता दीपक भट्टराईले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै आलोचना गरे।
 
अर्का नेता लिलाबल्लभ दाहाल (काका) ले कालाबजारीको संरक्षणमा सरकार लागेकाले अब विद्यार्थी नै बजारको अनुगमनमा जान आवश्यक भइसकेको बताए। सरकारले भूकम्पपीडित जनताको नाममा केही गर्न नसकेको आरोपसमेत लगाए।
 
संघका काठमाडौँ अध्यक्ष मनोज वैद्यले सरकारले आफ्ना माग नसुने देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell