PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

​एम्बुलेन्स किन्‍न सांसदले दिए ५ लाख



रासस

कञ्चनपुर : सांसद बहादुरसिंह थापाले कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको सनवोरा कृषि सहकारी संस्था लिमिटेड झलारीलाई एम्बुलेन्स खरिदका लागि रकम सहयोग गरेका छन्। 

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सहकारीलाई पाँच लाख ५० हजार रुपैयाँ सांसद थापाले सहयोग गरेका हुन्।

एम्बुलेन्स खरिदका लागि सांसद थापाले दिएको रकममा सहकारीले चार लाख थपेर एम्बुलेन्स खरिद गर्ने योजना बनाएको सहकारीका अध्यक्ष हरेन्द्र भण्डारीले बताए।  

एम्बुलेन्स नहुँदा यहाँका बासिन्दाले महेन्द्रनगर, धनगढीलगायतका क्षेत्रबाट चर्को शुल्क तिरेर सेवा लिँदै आएकामा सहकारीले एम्बुलेन्स सेवा सञ्चालन गरी सहज रुपमा सेवा पुर्‍याउन लागेको हो। 

यसैगरी, व्यवस्थापिका–संसद्का सांसद कृपाराम रानाले समेत गत महिना पिपलाडी स्वास्थ्य चौकीलाई एम्बुलेन्स खरिदका लागि करिब आठ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell